Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

spot_img

काठमाडौं, २७ मसिर । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो ।

त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो ।

सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्नेछन् । यो निर्णय यसअघि नै भइसकेको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोमा हुने सन् २०३० को विश्वकपका केही खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् । विश्वकप आयोजनाको सय वर्षको अवसरमा तीन खेल यी देशमा हुने भएका हुन् ।

यसअघि २०२२ को विश्वकप कतारमा सम्पन्न भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय