Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पत्रकार महासंघको निर्वाचन सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २८ मंसिर । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन सुरु भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्।

केन्द्रीय अध्यक्षका लागि ४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । जसमा कांग्रेस एमाले संयुक्त गठबन्धनबाट निर्मला शर्मा, कांग्रेसको बागी समूह, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट रमेश विष्ट, देवीप्रसाद सापकोटा क्रियाशील पत्रकारहरूको साझा मोर्चाबाट उम्मेदवर छन् । यस्तै साझा प्यानलबाट लाल सिंह लामा छन् ।

वरिष्ठ उपाध्यक्ष शर्मा प्यानलबाट दीपक आचार्य, सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं उम्मेदवार रहेको निर्वाचन समितिको भनाइ छ । महिला उपाध्यक्षमा नितु पणि्डत छन् । यस्तै महासचिव पदमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैसी उम्मेदवार छन् । यस्तै, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, वैकुण्ठ पराजुली र अशोक तिवारी शर्मा प्यानलबाट छन् । कोषाध्यक्ष पदमा रामकृष्ण ज्ञवाली र विष्ट प्यानलबाट रामकृष्ण अधिकारी उम्मेदवार छन् ।

विष्ट प्यानलबाट गिरीसँगै वरिष्ठ उपाध्यक्ष रोशन पुरी, महिला उपाध्यक्ष गंगा बराल, समावेशी उपाध्यक्ष सुभाषप्रसाद साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी तथा जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुव रावलसहित मैदानमा छन् ।

ताजा समाचार

थप समाचार