मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जमा ‘बीवाईडी एम–६’ विद्युतीय गाडीको बुकिङ खुल्ला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, २८ मंसिर । नेपाली बजारमा विद्युतीय गाडी “बीवाईडी एम–६” को बुकिङ सुरु भएको छ । बीवाईडी अटो इन्डस्ट्रिज कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले उक्त प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको बुकिङ खुल्ला भएको जनकाएको छ ।

- Advertisement -

वीरगन्जमा बीवाईडी गाडीको लागि आधिकारिक विक्रेता नीरज अटोमोबाइल्समा पनि उक्त गाडीको लागि बुकीङ खुल्ला भएको जनाइएको छ । नीरज अटोमोबाइल्सका सञ्चालक आकाश सर्राफका अनुसार वीरगन्ज क्षेत्रका ग्राहकहरूले गाडी बुकिङ गरी नगद छुटको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार “बीवाईडी एम–६” उत्कृष्ट आराम, उच्च प्रदर्शन, र दिगोपनलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यसको प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ तोकिएको छ, र सीमित समयका लागि बुकिङ गर्ने ग्राहकले १ लाख ५० हजार रुपैयाँको नगद छुट प्राप्त गर्नेछन् ।

- Advertisement -

गाडीमा ७ सिट क्षमतासहितको प्रिमियम इन्टेरियर, प्यानोरामिक ग्लास रुफ, र ५८० लिटरको लगेज स्पेस उपलब्ध छ । १०० किलोवाटको हाई-पर्फमेन्स मोटरले ४४० किलोमिटरको डब्लुएलटीसी रेन्ज प्रदान गर्छ, जसले लामो यात्रा र अपहिल ड्राइभलाई सहज बनाउँछ ।

“बीवाईडी एम–६” मा ११५ किलोवाटको फास्ट चार्जिङ प्रणाली रहेको छ, जसले ३७.४ मिनेटमै गाडीको ब्याट्री पूर्ण रूपमा चार्ज गर्न सकिन्छ । यसमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, र पार्किङ सेन्सरजस्ता आधुनिक सुरक्षा सुविधाहरू रहेका छन् ।

गाडीमा १२.८ इन्चको रोटेट गर्न मिल्ने इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ, र बीवाईडीको लेभल २ एडास (एडीएएस) प्रविधि पनि उपलब्ध छ ।

वीरगन्जका ग्राहकहरूले पुस ९ (डिसेम्बर २४) सम्म बुकिङ गरेर नगद छुटको फाइदा लिन सक्ने सर्राफले जानकारी दिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार