[ndc-today-date]
[ndc-today-date]

कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या...

काठमाडौं, ६ वैशाख । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता...

९ महिनामा तीन खर्ब...

काठमाडौं,०६ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म साढे तीन...

माग पूरा नभएसम्म कार्यदलको...

काठमाडौं, ६ वैशाख । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकका माग पूरा नभएसम्म...

वर्षाले रोक्यो नेपालको सपना,...

काठमाडौं,०६ वैशाख । वर्षाले नेपाललाई यू–१९ विश्वकपको यात्रा रोकिदिएको छ। काठमाडौंमा शनिबार अफगानिस्तानसँग...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन मन्त्रालयकाे पहल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भैरहेको छ ।

- Advertisement -

यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कदमको फलस्वरुप मन्त्रालयले पहल थालेको हो ।

शुरुवातमा माल्दिभ्सलगायत सार्क देशका विद्यार्थीलाई चिकित्सा शिक्षाको आपसी मान्यता प्रक्रिया सहज बनाउन सहजीकरण र कोटा व्यवस्थापनका उपाय खोज्न भन्दै मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन दिन भनेको छ । ३० दिनभित्र प्रतिवेदन दिने गरी उपाय सुझाउन मन्त्रालयअन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले काउन्सिललाई पत्राचार गरेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

- Advertisement -

गत महिना इन्डोनेसियामा एक कार्यक्रममा गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई त्यहाँका स्वास्थ्य मन्त्रीले स्नातकोत्तर शिक्षा दिनका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री पौडेलले आफूले यसका लागि पहल गर्ने बताए पछि मन्त्रालयले काम अघि बढाएको हो ।

समितिले दिएको प्रतिवेदनले चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाउन विदेशी विद्यार्थीको चासो सम्बोधन गर्न सफल हुने विश्वास लिएको मन्त्री पौडेलले बताए । नेपालमा अध्ययन गरेका चिकित्सा विद्यार्थीको समस्या समाधान गर्ने हाम्रो उद्देश्य हो, मन्त्री पौडेलले भने, सँगै, नेपालमा पूर्ण शुल्कमा विदेशी विद्यार्थीसमेत पढाउन सकिए हाम्रो शिक्षाको स्तर र देशमा विदेशी मुद्रा दुवै वृद्धि गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं । आपसी मान्यता पाउने गरी कम्तिमा सार्कस्तरमा पहल गर्न सकिएमा नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढाउन सकिने विश्वास गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार