Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

तुलसीलाल प्रतिष्ठानमार्फत सरकारी स्रोतको...

काठमाडौं,१६ बैशाख । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेकपा एमालेले तुलसीलाल...

नेपाल प्रहरीमा ६ डीआईजी...

काठमाडौं,१६ बैशाख । सरकारले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) लाई...

माओवादी सांसदले मागे प्रधानमन्त्रीको...

काठमाडौँ,१६ वैशाख । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले लामो समयदेखि जारी शिक्षक आन्दोलनप्रति सरकार...

जीतपुरसिमरा उपमहानगरमा नदीजन्य ठेक्का...

बीरगन्ज,१६ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारी स्वास्थ्य संस्थाका पदाधिरकारीले निजी अस्पतालमा काम गर्न मिल्दैन : मन्त्री पौडेल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सरकारी स्वास्थ्य संस्थाका पदाधिकारीहरुले निजी अस्पतालमा काम गर्न नमिल्ने बताएका छन्। नेपाल मेडिकल एशोसिएसनको चौथो स्वास्थ्य सम्मेलनको उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन्।

- Advertisement -

उनले भने, ‘सरकारी स्वास्थ्य संस्थामा पदाधिकारी भएका कसैले पनि प्राइभेटमा काम गर्न मिल्दैन । कोही हुनुहुन्छ भने आवद्धता स्थगित गर्नुपर्छ। जस्तो म सभामुख भएँ भने पार्टीको सदस्यता त्याग्नुपर्छ।’

नेपालका ठूला सरकारी संस्थाका पदाधिकारी समेत निजी अस्पतालमा निरन्तर काम गरिरहेको उजुरी मन्त्रालयमा आइरहेको उनले बताएका छन्। पदाधिकारीबाहेक अन्यले पनि सरकारी संस्थामा दुई सिफ्ट काम गर्नुपर्ने उनले बताए।

- Advertisement -

‘एकडेमीमा काम गर्ने, प्रतिष्ठानमा काम गर्ने केही बाहिर गइरहनुभएको छ भन्ने उजुरी आएका छन्। दुई सिफ्ट काम गरिदिनुहोस् । सवैलाई भनिएको होइन, जानुभएकाहरुलाई भनिएको हो,’ उनले भने।

सरकारी संस्थामै अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गरेर त्यो आम्दानी जनशक्तिले नै लिने बनाउन सकिने उनले बताए। यी र यस्तै कारणले सरकारी स्वास्थ्य संस्थाका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले गरिरहेको योगदानलाई समाजलाई यथोचित सम्मान दिन नसकेको बताए। ‘सरकारीले धेरै योगदान गर्नुभएको छ। त्यो योगदानको सम्मान गर्ने अवस्था बन्नुपर्थ्यो तर टिप्पणी गर्ने अवस्था आएको छ,’ उनले थपे।

ताजा समाचार

spot_img

थप समाचार