[ndc-today-date]
[ndc-today-date]

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...

१० महिनामा यूएईमा २६१...

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)...

विदेश पठाउने प्रलोभनमा ठगी...

काठमाडौं,०८ जेठ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका...

पत्नीको हत्या गरेका हरिराम...

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

निर्माण व्यवसायीहरूको भुक्तानी गर्न सरकारले ध्यान दिएन : अध्यक्ष सिंह

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ मंसिर । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् ।

- Advertisement -

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा बोल्दै अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरूले भुक्तानीको लागि कुनै समस्या नहुने बताए पनि सरकारले यस क्षेत्रलाई समस्यामा पार्न खोजेको बताएका हुन् । उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तरिक अर्थतन्त्र अझै पनि चलायमान हुन नसकेको बताए ।

उनले भने,’हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयदेखि अन्य सरकारी निकायहरूमा भेटघाट गर्दा समस्याहरूको समाधान गर्ने आश्वासन दिए पनि हाम्रो भुक्तानी भएको छैन यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।’ अध्यक्ष सिंहले सञ्चारकर्मीहरूलाई प्रेरित गर्न आवश्यक रहेकाले महासङ्घले समेत विभिन्न समयमा संञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको बताए ।

- Advertisement -

उनले राष्ट्र बैंकको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले समयमा नै कर्जाहरू तिर्न नसक्दा प्रायाप्त मात्रामा काम गर्नको लागि असहज भएको बताए । उनले सरकारको नीतिहरूका कारण मङ्सिरपछि ९० प्रतिशत व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता आएको बताउँदै तत्काल भुक्तानी गर्न माग गरे ।

ताजा समाचार

spot_img

थप समाचार