काठमाडौँ, २९ मसिर । गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन् ।
शनिबार नवलपुरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले देशमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन। सुशासन कायम भएन,’ उनले भने, ‘विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो ।’