वीरगन्ज,२९ मंसिर । वीरगन्जमा लायन्स क्लब अफ वीरगन्ज आदर्शनगर र लायन्स क्लब अफ वीरगञ्ज सखी एरिया ३ को सहकार्यमा गरिएको नि:शुल्क खाना वितरण कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुर्याएको छ। कार्यक्रम शिव मन्दिर अगाडि ब्यारेक रोडमा सम्पन्न भयो।


कार्यक्रम लायन्स क्लब अफ वीरगन्ज आदर्शनगरका अध्यक्ष विमल जैनको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा क्लबका सचिव विजय अग्रवाल, सञ्चारकर्मी अभिलाष कुमार गुप्ता, र क्लबका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख संयोजक विमल जैनले रिक्सा तथा ई-रिक्सा चालक, गरिब, असहाय, दलित, अति विपन्न परिवार र निमुखाहरूलाई नि:शुल्क खाना वितरण गरिएको जानकारी दिए। उनले आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिने बताएका छन्।

सहभागीहरूले यस्ता मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। यसले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सामाजिक सेवामा थप लगाव राख्न सबैलाई प्रेरित गरेको छ।