Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप समावेश

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ मंसिर । राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ ।

- Advertisement -

एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो ।

- Advertisement -

एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप तालिकामा एचपिभी खोप समावेश गर्न राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरिसकेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यस वर्षदेखि एचपिभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताउनुभयो । नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान २०८१÷८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गरेको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यसाथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यही माघ २२ गतेदेखि एचपिभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने भएको छ ।

डा गौतमले भन्नुभयो, “हरेक वर्ष नियमित खोप सेवामार्फत कक्षा ६ तथा विद्यालय बाहिर रहेका १० वर्षे किशोरीलाई खोप दिने लक्ष्य छ । विश्व क्यान्सर दिवसका अवसर पारेर १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिन लागिएको छ । आगाम वर्षदेखि फागुन महिनालाई नियमित एचपिभी खोप सेवा सञ्चालन गर्ने महिना निर्धारण गर्ने सोचेका छौँ । आव २०८२÷८३ देखि नियमित एचपिभी खोप सेवा सञ्चालन गरिनेछ ।”

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलाहरुलाई यस्तो क्यान्सर हुन्छ भन्ने अनुमान छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाहरुको पाठेघरको मुखबाट मृत्यु हुने अनुमान गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार