Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

सिरहा नदीमा अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

spot_img

सिरहा,१० पुस । सिरहामा नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा डोजर (जेसीबी) र टिपर नियन्त्रणमा लिइएको छ । गोलबजार नगरपालिका-१ स्थित गागन खोलाबाट मंगलबार बीहान डोजर र टिपर १/१ वटा नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको उक्त डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको चोहर्वास्थित सवडिभिजन वन कार्यालयमा राखिएको छ । सव डिभिजन वन कार्यालय, चोहर्वाका प्रमुख आविद हुसेनले यस विषयमा थप जिल्लाबाटै बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

तर, डिभिजन वन कार्यालय, लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले यस विषयमा अनभिज्ञता जनाए । आफूलाई यस विषयमा जानकारी नभएको भन्दै उनी पन्छिए ।

डिभिजन वन कार्यालय, लहानका एक कर्मचारीका अनुसार मंगलबार बिहान ३ बजेतिर विशेष सूचनाका आधारमा लहानको टोली खोलामा गएको थियो । तर, उक्त टोलीले मात्रै ती गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट पनि थप टोली खोलामा गएको थियो ।

‘गाडीलाई नियन्त्रणमा लिन खोज्दा त्यहाँ उत्खनन् गराइरहेका मान्छेहरू गस्तीमा खटिएका कर्मचारीसँग नै जुध्न खोजेका थिए,’ एक कर्मचारीले कान्तिपुरसित भने, ‘त्यसपछि चोहर्वाबाट थप टोली गएपछि गाडी नियन्त्रणमा लिइएको थियो ।’

spot_img

ताजा अपडेट

लोकप्रिय