Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

जसपा नेपालले बाेलायो केन्द्रीय विभागहहरुको बैठक

spot_img

काठमाडौं,१० पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको प्रत्येक विभागको बैठक हरेक दिन पालैपालो बस्ने गरी आह्वान गरिएको छ ।

प्रमुख बस्नेतका अनुसार बुधबार पुस १० गते सूचना सञ्चार, विज्ञान तथा प्रविधि विभागको, ११ गते वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको , पुस १२ गते सहकारी तथा गरिवी निवारण विभागको र पुस १३ गते प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्नेछ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या विभागको बैठक पुस १४ गते, पुस १५ गते बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको र पुस १६ गते महिला विभागको बैठक बोलाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पुस १८ गते, संगठन विभागको पुस १९ गते, सामाजिक सेवा तथा गैर सहकारी विभागको बैठक पुस २० गते, आर्थिक विभाग र पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठक पुस २२ गते, कानुन विभागको बैठक पुस २३ गते र शिक्षा विभागको बैठक पुस २४ गते बस्ने बताइएको छ ।

उनका अनुसार यस अघि पुस ८ गते युवा विद्यार्थी तथा खेलकुद विभाग र पुस ९ गते कृषि तथा भूमि व्यवस्था विभागको बैठक बसेको थियो ।

विभागको बैठकले आवश्यक पदाधिकारी चयन गर्नुका साथै आगामी कार्ययोजनासमेत तयार पार्ने प्रमुख बस्नेतले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय