शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

जसपा नेपालले बाेलायो केन्द्रीय विभागहहरुको बैठक

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको प्रत्येक विभागको बैठक हरेक दिन पालैपालो बस्ने गरी आह्वान गरिएको छ ।

प्रमुख बस्नेतका अनुसार बुधबार पुस १० गते सूचना सञ्चार, विज्ञान तथा प्रविधि विभागको, ११ गते वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको , पुस १२ गते सहकारी तथा गरिवी निवारण विभागको र पुस १३ गते प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्नेछ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या विभागको बैठक पुस १४ गते, पुस १५ गते बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको र पुस १६ गते महिला विभागको बैठक बोलाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पुस १८ गते, संगठन विभागको पुस १९ गते, सामाजिक सेवा तथा गैर सहकारी विभागको बैठक पुस २० गते, आर्थिक विभाग र पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठक पुस २२ गते, कानुन विभागको बैठक पुस २३ गते र शिक्षा विभागको बैठक पुस २४ गते बस्ने बताइएको छ ।

उनका अनुसार यस अघि पुस ८ गते युवा विद्यार्थी तथा खेलकुद विभाग र पुस ९ गते कृषि तथा भूमि व्यवस्था विभागको बैठक बसेको थियो ।

विभागको बैठकले आवश्यक पदाधिकारी चयन गर्नुका साथै आगामी कार्ययोजनासमेत तयार पार्ने प्रमुख बस्नेतले बताए ।

ताजा समाचार

spot_img

थप समाचार