[ndc-today-date]
[ndc-today-date]

दुर्गा प्रसाईँलाई थप २...

काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा...

जनमत पार्टीले मधेस सरकारबाट...

जनकपुर,०८ जेठ । मधेस सरकारमा सहभागी जनमत पार्टीले आफ्नो मन्त्री फेरबदल गर्ने भएको...

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

स्वास्थ्यकर्मीको सेवा सुविधामा सुधार गरिने बीरगन्ज महानगरपालिकाको निर्देशन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ पुस । बीरगन्ज महानगरपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा सुधार गर्न निर्देशन दिएको छ। महानगरपालिकाअन्तर्गत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक र सुविधा सम्बन्धी गुनासो गरेपछि यस्तो निर्णय गरिएको हो।

- Advertisement -

महानगरपालिकाले जारी निर्देशनअनुसार स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोकेको दरभन्दा कम नहुने गरी लागू गरिनेछ। नियुक्ति प्रक्रियामा सम्झौता गरिनुपर्ने, ज्यालादारीमा काम गराउन नपाइने, अनुभव प्रमाणपत्र उपलब्ध गराइने, र पारिश्रमिक बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिनुपर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पारिश्रमिक र सुविधाबारे सरकारले स्पष्ट निर्देशन दिएपछि बीरगन्ज महानगरपालिकाले पनि सोही अनुरूप सूचना जारी गरेको हो। यसले स्वास्थ्यकर्मीहरूको पेशागत सम्मान कायम राख्न र काम गर्ने वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

- Advertisement -

महानगरपालिकाले यो कदमले स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने र जनस्वास्थ्य सेवा प्रभावकारी बनाउने अपेक्षा राखेको छ।

ताजा समाचार

spot_img

थप समाचार