[ndc-today-date]
[ndc-today-date]

जनमत पार्टीले मधेस सरकारबाट...

जनकपुर,०८ जेठ । मधेस सरकारमा सहभागी जनमत पार्टीले आफ्नो मन्त्री फेरबदल गर्ने भएको...

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल गर्न बैठकआह्वान

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

, काठमाडौं, १५ पुस । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल आह्वान गरेको छ ।

- Advertisement -

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न गठित संसदीय उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न राज्य व्यवस्था समितिले बैठक बोलाएको हो । यही पुस १८ गते बिहीबारका लागि बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।

यही पुस ३ गते संसदीय उपसमितिले अख्तियार ऐन संशोधन विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । अख्तियार ऐन संशोधन विधेयकमाथि छलफल गरेर प्रतिवेदन बनाउने जिम्मेवारी नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वको उपसमितिलाई दिइएको थियो ।

- Advertisement -

थानीको नेतृत्वमा राज्य व्यवस्था समितिले गत कातिक २५ गते उपसमिति गठन गरेको थियो । झण्डै दुई महिना लगाएर संसदीय उपसमितिले अख्तियार विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।

संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गर्दै मन्त्रिपरिषदका निर्णय समेत अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयकको प्रतिवेदन तयार पारेको छ ।

ताजा समाचार

spot_img

थप समाचार