Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

फास्ट ट्र्याक निर्माणमा विद्युत् आपूर्तिका लागि वैकल्पिक व्यवस्था सुरु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ पुस । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निर्माणमा विद्युत् आपूर्ति सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गर्न सुरु गरेको छ। यस क्रममा, मकवानपुरको भीमफेदी गाउँपालिका र इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा पर्ने सडक निर्माणको लागि आवश्यक विद्युत् आपूर्ति वैकल्पिक उपायबाट गर्न थालिएको हो।

- Advertisement -

प्राधिकरणले फास्ट ट्र्याकका माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, सुरुङ, ग्यालरी र अन्य संरचनाहरू निर्माण गर्न आवश्यक १२ मेगावाट विद्युत् आपूर्ति सुनिश्चित गर्न वैकल्पिक व्यवस्थामा काम अघि बढाएको छ। यसका लागि, कुलेखानी पहिलो जलविद्युत केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ।

यसैगरी, ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर जडान गरी उक्त क्षेत्रको विद्युत् आपूर्ति सुनिश्चित गरिनेछ। हालको पावर ट्रान्सफर्मरले पूरा भार सम्भाल्न नसक्ने भएकाले थप ठूलो क्षमता भएको ट्रान्सफर्मर थपिनेछ।

- Advertisement -

गत असोज महिनामा आएको बाढीपहिरोले बागमती खोला साना जलविद्युत आयोजना र अन्य विद्युत् संरचनामा क्षति पुर्‍याउँदा फास्ट ट्र्याकमा विद्युत् आपूर्ति प्रभावित भएको थियो। पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ र यस वर्षको चैत्रसम्म आयोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अन्य उच्च अधिकारीहरूले सोमबार माण्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षण गर्दै विद्युत् आपूर्ति सुनिश्चित गर्न वैकल्पिक उपायहरूमा छलफल गरेका थिए।

ताजा समाचार

spot_img

थप समाचार