Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

संविधान संशोधनका लागि मधेसी दलहरू एकजुट हुन जरुरी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ पुस । संविधान संशोधनको प्रयासमा दुई ठूला दलहरूले गरेको तयारीप्रति चासो राख्दै सरोकारवालाहरूले मधेसी दलहरूलाई एकजुट भएर अगाडि बढ्न सुझाव दिएका छन्। मधेस एकता समाजद्वारा आयोजित ‘मधेसी शक्ति आवश्यकता, सहकार्य र चुनौती’ विषयक अन्तरक्रियामा सहभागीहरूले संविधान संशोधनको प्रक्रियामा मधेसी दलहरूको एकता अपरिहार्य रहेको बताए।

- Advertisement -

मधेस मामिलाका जानकार तुलानारायण साहले निर्वाचन प्रणालीमा संशोधनको बहानामा समानुपातिक प्रणाली समाप्त गर्न खोजिएको र थ्रेसहोल्डको प्रयोगमार्फत मधेसी दलहरूको अस्तित्व समाप्त गर्ने षड्यन्त्र भइरहेको दाबी गरे। यस्तो अवस्थामा मधेसी दलहरू एक भएर यी कदमको सामना गर्नुपर्ने उनको धारणा थियो।

“नेपाली कांग्रेस र नेकपा एमाले जस्तो ठूला दलहरू एक हुन सक्छन् भने मधेसी दलहरूले किन सहकार्य गर्न सक्दैनन्?” उनले प्रश्न गर्दै भने, “मधेसी दलहरूबीचको एकताले मात्र संविधान संशोधनलाई सन्तुलित बनाउने काम गर्न सक्छ।”

- Advertisement -

थारु राजनीतिका अगुवा सुरेन्द्र चौधरीले मधेस केन्द्रित दलहरूको सबैभन्दा ठूलो चुनौती नेताहरूको कमजोर नेतृत्व रहेको औंल्याए। “ठूला दलहरूबाट मधेसी नेताहरूलाई बाहिर निकालेर मधेसमा डम्पिङ गर्ने प्रवृत्तिले समस्या थपेको छ,” उनले भने। संविधान संशोधनको सवालमा सबै मधेसी दलहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।

सरोकारवालाहरूले संविधान संशोधन राजनीतिक सहमतिबाट मात्र सम्भव हुने भन्दै, त्यसका लागि मधेसी शक्तिहरूले दृढतापूर्वक आफ्नो अडान राख्नुपर्ने सुझाव दिएका छन्। थ्रेसहोल्डको विषयमा सतर्क रहँदै मधेसी दलहरूले आफूहरूको अधिकारको रक्षा गर्न सामूहिक आवाज उठाउनुपर्ने धारणा व्यक्त गरियो।

ताजा समाचार

spot_img

थप समाचार