Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

वीरगन्जमा ‘राष्ट्रिय धोती दिवसकाे रौनक

spot_img

वीरगन्ज, १७ पुस । नयाँ अंग्रेजी वर्षको दिन बुधबार, जनमत पार्टीले वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाएको छ। डा. सिके राउत नेतृत्वको पार्टीका कार्यकर्ताहरूले धोती, कुर्ता र गम्छा पहिरन लगाएर कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रमको सुरुवात वीरगन्जको घण्टाघर चोकबाट भएको थियो। ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर समापन गरियो। ¥यालीपछि घण्टाघर चोकमा आयोजित कोणसभामा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोतीलाई मधेसीहरूको सांस्कृतिक धरोहर र पहिचानका रूपमा व्याख्या गर्दै यसलाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्ने माग राखे ।

उनले नेपालको बहुभाषिक र बहुसांस्कृतिक प्रकृतिलाई औंल्याउँदै कुनै एक समुदाय विशेषको पहिरनलाई मात्र राष्ट्रिय पोशाकका रूपमा मान्यता दिइनु उचित नभएको बताए। अन्य जातजाति र समुदायको पोशाकप्रति सम्मान राख्दै धोती-कुर्तालाई पनि राष्ट्रिय पोशाकको मान्यता दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य सिपु तिवारी, पर्सा इन्चार्ज माधव सिंह, नेतृ रम्भा मिश्रा, नजमा खातुन, नेता बृजेश्वर प्रसाद चौधरी, श्याम गुप्ता, र राजनारायण मिश्रा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

यो दिवस मधेसी पहिचान र संस्कृति जोगाउन तथा धोतीलाई राष्ट्रिय स्तरमा मान्यता दिलाउन प्रत्येक वर्ष मनाइँदै आइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय