Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

काठमाडौंमा ‘धोती भैया भनेर हेप्न पाइदैन’ भन्दै मनाइयो ‘धोती दिवस’

spot_img

काठमाडौं, १७ पुस । जनमत पार्टीले बुधबार काठमाडौँको माइतीघरमा राष्ट्रिय धोती दिवस मनाएको छ। पार्टीको विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा ¥याली र कोणसभा आयोजना गर्दै मधेसी सांस्कृतिक पहिचानको संरक्षण र सम्मानको माग गरे।

कार्यक्रममा सहभागीहरूले धोती आफ्नो शान र मधेसी पहिचान भएको भन्दै यो संस्कृतिलाई संरक्षण गर्न जोड दिए। ¥यालीमा “धोती हाम्रो शान हो, मधेसीको पहिचान हो,” “मधेसी एकता जिन्दावाद,” र “धोती भैया भनेर हेप्न पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित शीर्ष नेताहरूको उपस्थिति रहेको कार्यक्रममा धोतीलाई अन्तर्राष्ट्रिय पोसाक दिवसको दिन राष्ट्रिय स्तरमा मान्यता दिलाउनुपर्ने माग गरियो ।

अध्यक्ष डा. राउतले धोतीमाथि हुने भेदभावलाई अन्त्य गर्दै यसलाई मधेसीहरूको मौलिक पहिचान र सांस्कृतिक धरोहरका रूपमा स्थापित गर्नुपर्ने बताए। कार्यक्रममा सहभागीहरूले धोती दिवसलाई राष्ट्रिय महत्वको पर्वका रूपमा मनाउन आग्रह गरे ।

यस पहलले मधेसी समुदायको एकता र सांस्कृतिक सम्पदा जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय