बीरगन्ज,२७ पुस । बीरगन्ज महानगरपालिका वडा नं. १०, आदर्श नगरस्थित ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र रुँगता वेलफेयर सोसाइटी को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रममा जाडो मौसमका कारण विपन्न समुदाय, जेष्ठ नागरिक, बालबालिका र अल्पसंख्यकलाई लक्षित गर्दै २ सय थान न्यानो कम्बल निःशुल्क वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, रुँगता वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश कुमार रुँगता, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
सहभागीहरूले चिसोबाट प्रभावित समुदायका लागि गरिएको यो प्रयासलाई सराहनीय भन्दै अन्य क्षेत्रहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने सुझाव दिए।