काठमाडौँ,२८ पुस । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा १६०० रुपैयाँले उकालो लागेको छ।
छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार यसको मूल्य १ लाख ५४ हजार १०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि वृद्धि भई आइतबार तोलामा १ हजार ८६० रुपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ थियो।