Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

साल्ट ट्रेडिङका शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ पुस । देशकै ठूलामध्ये एक व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी)ले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बराबर नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले लाभांश वितरण निर्णय गरेको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भइरहेको कर्पोरेशनको चुक्ता पुँजी हाल ३२ करोड ७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष २०८०/०८१ मा को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने तीन करोड २० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

एसटीसीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७९/०८० मा १५ प्रतिशत बोनस शेयर र २०७८/०७९ मा पाँच प्रतिशत नगद तथा १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा पनि शेयरधनीले १० प्रतिशत नगद लाभांश प्राप्त गरेका थिए ।

६१ वर्षअघि सन्‌ १९६३ मा नुन वितरण गर्न स्थापित कर्पोरेशनले हाल दैनिक उपभोग्य सामग्री, कागज, ग्यास, कोइला, सिमेन्ट र रासायनिक मल बिक्री-वितरण गरिरहेको छ ।

ताजा समाचार

थप समाचार