शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

मधेशलाई हराउँदै आर्मी जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ पुस । त्रिभुवन आर्मी क्लबले मधेशलाई ८ विकेटले पराजित गर्दै जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ। बीरगन्जमा भएको लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशले दिएको २८ रनको सामान्य लक्ष्य सहजै पछ्याउँदै जित हात पारेको हो।

आर्मीका तृतराज दासले १३ रन बनाए भने मधेशका प्रदीप पासवानले २ विकेट लिए। मधेशका मयन यादवले दोस्रो पारीमा सर्वाधिक ४९ रनको योगदान दिए। आर्मीका बलर बसिर अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।

पहिलो पारीमा आर्मीले २२५ रनको ठोस स्कोर बनाएको थियो भने मधेश १०२ रनमा समेटिएको थियो।

त्यसैगरी, जनकपुरमा भइरहेको अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको छ। दोस्रो दिनको चिया समयअघिसम्म पुलिसले ३ विकेट गुमाएर ८७ रन बनाइसकेको छ।

बागमतीका शुभ कंसाकारले ७० रन र रित गौतमले ५२ रन बनाएका थिए। पुलिसका ललित राजवंशीले ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे। पहिलो पारीमा बागमतीले ११२ रन र पुलिसले २१५ रन बनाएको थियो।

जय ट्रफी एलिट कप क्रिकेटको तीनदिने फाइनल खेल पर्सि बीरगन्जमा हुनेछ। आर्मी फाइनलमा उपाधि जित्न लागि तयार देखिएको छ भने विपक्षीको प्रतीक्षा जारी छ।

ताजा समाचार

spot_img

थप समाचार