Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

निर्वाचन सुरक्षाका लागि हातहतियार...

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

मधेशलाई हराउँदै आर्मी जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ पुस । त्रिभुवन आर्मी क्लबले मधेशलाई ८ विकेटले पराजित गर्दै जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ। बीरगन्जमा भएको लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशले दिएको २८ रनको सामान्य लक्ष्य सहजै पछ्याउँदै जित हात पारेको हो।

आर्मीका तृतराज दासले १३ रन बनाए भने मधेशका प्रदीप पासवानले २ विकेट लिए। मधेशका मयन यादवले दोस्रो पारीमा सर्वाधिक ४९ रनको योगदान दिए। आर्मीका बलर बसिर अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।

पहिलो पारीमा आर्मीले २२५ रनको ठोस स्कोर बनाएको थियो भने मधेश १०२ रनमा समेटिएको थियो।

त्यसैगरी, जनकपुरमा भइरहेको अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको छ। दोस्रो दिनको चिया समयअघिसम्म पुलिसले ३ विकेट गुमाएर ८७ रन बनाइसकेको छ।

बागमतीका शुभ कंसाकारले ७० रन र रित गौतमले ५२ रन बनाएका थिए। पुलिसका ललित राजवंशीले ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे। पहिलो पारीमा बागमतीले ११२ रन र पुलिसले २१५ रन बनाएको थियो।

जय ट्रफी एलिट कप क्रिकेटको तीनदिने फाइनल खेल पर्सि बीरगन्जमा हुनेछ। आर्मी फाइनलमा उपाधि जित्न लागि तयार देखिएको छ भने विपक्षीको प्रतीक्षा जारी छ।

ताजा समाचार

थप समाचार