शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

राैतहटमा निःशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालनमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२९ पुस । राैतहटकाे गरुडा नगरपालिका–५ मा निःशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालनभएको छ ।

तीन दिनसम्म चल्ने शिविरमा गढिमाई, गुजरा, कटहरिया, चन्द्रपुर, राजपुर नगरपालिकामा यस अघि संचालित निःशुल्क आखा शिविरमा देखिएका मोतियाबिन्दुका बिरामी लाई निःशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालनगरिएको हो ।

मध्य पुर्वी पृतना हेडक्वाटरको मार्ग निर्देशन श्री न.२८ बाहिनी अड्डाको पहल र श्री न. २८ फिल्ड एरिया गुल्मको सहभागिता तथा श्री बीरदल गणी नेपाल आख कार्यक्रम तिलगंगा आखा प्रतिष्ठान संगको सहकार्यमा नि:शुल्क आखा परिक्षण तथा शल्यक्रिया शिविर संचालन गरिएको हो ।

संचालित नि:शुल्क आँखा स्क्रीनिङ्ग क्याम्पमा मोतिया बिन्दु भएको बिरामीलाई ब्लड सुगर जाँच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराइएको छ । गरुडा नगरपालिकाका प्रमुख कन्थमणी प्रसाद जैयसवालले नगरलाई मौतियाबिन्दु मुक्त नगर बनाउने उदेश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।

तीन दिन सम्म सञ्चालन हुने शिबिरमा तिलगंगा आँखा अस्पताल काठमाडौंबाट मोतिया बिन्दुको शल्यक्रिया गर्ने पाँचजना विशेषज्ञ डाक्टर, आवश्यक औषधी सहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी ३५ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार