शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जमा जय माता दुर्गेश्वरी सहकारीले १ वर्षमा गर्‍यो साढे ३ करोडको कारोबार

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२९ पुस । वीरगन्ज–२५ सिर्सिया खल्वाटोलमा रहेको जय माता दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ ।

वीरगन्जको ड्राइपोर्ट चोकस्थित होटल वाटिकामा आयोजित साधरणसभाको उद्घाटन गर्दै पर्सा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेमराम पटेलले सहकारीको नीति र विधान अनुरुप आफना गतिविधी सञ्चालन गर्न जिल्लाभरका सहकारी सस्ंथाहरुलाई आग्रह ।

सहकारी संस्था आफनौ सहकारी ऐन,नीति अनुसार चले कहिल्यैपनि समस्या र दुर्घटनामा नपर्ने भन्दै उनले गाँउकै सञ्चालकले चलाएको सहकारीमा कारोबार गरे शेयर सदस्यको बचत कहिल्यैपनि नडुब्ने बताए। बाहिरका व्याक्तिले सञ्चालन गरेका सहकारीमा शेयर सदस्यको बचत डुब्ने गरेको उनले बताए।

साधरणसभामा जय माता दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय साहले गत आर्थिक वर्षमा सहकारीले ३ करोड ५३ लाख रुपैयाँको कारोबार गरेकोमा १ लाख २१ ह्जार रुपैयाँ खुद मुनाफा गरेको जानकारी गराए ।

साहकै अध्यक्षतामा भएको साधरणसभामा सहकारीका उत्कृष्ट बचतकर्ताहरु र नवनिर्वाीचत पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारी र सदस्यहरुलाई सम्मानित पनि गरिएको थियो ।साधरणसभामा सहकारीकर्मी रामनिवास देहातीले सहजीकरण गरेका थिए ।

वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चर्र्तुवेदीको विशिष्ट आतिथ्यतामा भएको साधरणसभाको उद्घाटन सत्रमा पर्सा बचत तथा ऋण सहकारी संघका सल्लाहकार राकेश यादव,संघका पदाधिकारी , सदस्य,सञ्चारकर्मीहरु श्रवण साह, प्रणय साह, महम्मद जहाँगस्त लगायताकाकोपनि सहभागिता थियो ।

ताजा समाचार

spot_img

थप समाचार