काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना जारी गर्दै परीक्षा चैत ७ गतेबाट सुरू हुने जानकारी दिएको हो।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा चैत १९ गतेसम्म जारी रहने बोर्डले जनाएको छ।
बोर्डले परीक्षालाई व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी थालिएको जानकारी दिएको छ।