शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
11.6 C
Birgunj
spot_imgspot_imgspot_img

अभि तो आगाज देखाए है, अन्दाज देखाना बाँकी है : मेयर सिंह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०५ माघ । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगन्ज महानगरपालिका र पर्सा जिल्लाभर जनता समाजवादी पार्टी (जसपा) थप बलियो भएको बताएका छन्।

शनिबार वीरगंजमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम लाल झा सहित सयौं नेताकार्यकर्ताले जसपामा प्रवेश गरेपछि बोल्दै मेयर सिंहले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्यसमेत रहेका मेयर सिंहले पार्टी प्रवेश कार्यक्रमले पार्टीलाई थप शक्ति प्रदान गरेको बताए। उनले अब पर्सामा जसपाका नेता तथा कार्यकर्ताहरू झन् एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिंदै भने, ‘कार्यकर्ताले राखेको भरोसा प्रति नेतृत्व शतप्रतिशत उत्रिनेछ। यदि कुनै कमजोरी छन् भने, त्यसलाई सुधार्न हामी सधैं तयार छौं।’

विपक्षीहरूको आलोचनालाई लक्षित गर्दै मेयर सिंहले हिन्दी शायरी प्रस्तुत गर्दै भने, ‘अभि तो सिरिफ चौका मारा है, छक्का मारना बाँकी है। अभि तो आगाज देखाए है, अन्दाज देखाना बाँकी है।’ उनले पार्टीका कार्यकर्ताहरूलाई उर्जाका स्रोतका रूपमा ब्याख्या गर्दै कार्यकर्ताको उर्जामा कमी आउन नदिन आफू सदैव प्रतिबद्ध रहने बताए।

कार्यक्रमको अध्यक्षता जसपा पर्साका अध्यक्ष सिंगासन साह तेलीले गरेका थिए भने जसपाका केन्द्रीय अध्यक्ष अशोक राई प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादव, जसपाकी केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य मोहनलाल चौधरी, जनार्दन यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, भीमा यादव, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, युवा नेता तबरेज अहमद, ईश्वरचन्द्र यादव, असलम आलम लगायतको उपस्थिति थियो।

ताजा समाचार

spot_img

थप समाचार