सभालाई सम्बोधन गर्दै मन्त्री यादवले पत्रकारहरूले बोलाएको स्थानमा आफू जहिले पनि उपस्थित हुने गरेको तथा पत्रकारहरूको पक्षमा सदैव खडा हुने गरेको बताउनुभयो। नेपालमा पत्रकारहरूको आर्थिक अवस्था कमजोर रहेकोतर्फ जोड दिँदै मन्त्री यादवले सरकारले तोकेको तलब सुविधा अहिले पनि श्रमजीवी पत्रकारहरूले नपाउँदै आएको बताउनुभयो।बिज्ञापन पनि समानुपातिक प्रणालीमा वितरण नभएको कारण पत्रकारहरूलाई थप पीडा भोग्नुपरेको तथा आर्थिक समस्या झेल्नुपरेको मन्त्री यादवले बताउनुभयो।
प्रतिक डेलीका समाचार सम्पादक आरके पटेलको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा नवगठित श्रमजीवी पत्रकार संघ नेपाल, पर्साको कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै मन्त्री यादवले मधेश आन्दोलन तथा नेपालको सबै लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरूको अहम भूमिका रहेको बताउनुभयो।
सो क्रममा मन्त्री यादवले आरके पटेलको अध्यक्षतामा गठन भएको श्रमजीवी पत्रकार संघ नेपाल, पर्साको कार्यसमितिमा चयन भएका सबै पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई फूलमाला तथा टीका लगाई बधाई व्यक्त गर्नुभएको थियो।
नवगठित समितिकाे
उपाध्यक्ष: प्रणय साह
- महिला उपाध्यक्ष: विमला गुप्ता
- सचिव: नितेश कर्ण
- सह सचिव: अर्जुन गुप्ता
- सह सचिव: विशाल यादव
- कोषाध्यक्ष: दीपक कुशवाहा
- सदस्यहरू: सुमेश्वर साह (धीरज), जाकिर हुसैन, पुनम चौधरी, राज सर्राफ, राजकुमारी गुप्ता, राजु बैठा, विनोद यादव, विशाल पटेल लगायतका रहेका छन् ।
घोषणा सभालाई नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल पोस्ट मिडिया प्रा.लि.का अध्यक्ष मनोज पटेललगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नितेश कर्णले गर्नुभएको थियो।