Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीले देउवा र निधिको पुत्ला जलाए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०७ माघ । राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति विमलेन्द्र निधिको पुत्ला दहन गरेका छन्। जनकपुरधामको रामानन्द चोकमा गरिएको यो प्रदर्शन जय नेपाल कप क्रिकेट प्रतियोगितामा विश्वविद्यालयको नाम अन्तिम समयमा हटाइएको विरोधमा गरिएको हो।

विद्यार्थीहरूले नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा हुन लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालयको नाम प्रारम्भिक सूचिमा समावेश भए पनि अन्तिम समयमा हटाइएको आरोप लगाएका छन्।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य श्याम साहको नेतृत्वमा भएको प्रदर्शनमा विद्यार्थीहरूले नाराबाजी गर्दै देउवा र निधिको पुत्ला दहन गरेका थिए।
“नेविसंघकै आग्रहमा प्रशिक्षक नियुक्त गरेर खेल तयारी पूरा भएको थियो, तर अन्तिम समयमा हाम्रो नाम हटाइयो,” विद्यार्थी नेता साहले भने।

विद्यार्थीहरूको भनाइअनुसार, शनिबार बिहानसम्म पनि खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम रहेको थियो। तर, अन्तिम घडीमा बिना सूचना नाम हटाइएको र खेल सामग्रीसहित टोली तयार हुँदा पनि सहभागी हुन नदिइएको उनीहरूको आरोप छ।

जय नेपाल कप क्रिकेट प्रतियोगिता सोमबारदेखि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा तीन देशका आठ विश्वविद्यालयका टोली सहभागी हुनेछन्।

ताजा समाचार

थप समाचार