शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...

वीरगन्जमा मानव बेचविखनमा संलग्न...

वीरगन्ज,०२ फाल्गुन । पर्सा प्रहरीले मानव बेचविखनमा सलंग्न आरोपमा दुई जनालाई पक्राउ गरेको...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
11.6 C
Birgunj
spot_imgspot_imgspot_img

बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ माघ । भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योग पीठका प्रमुख आचार्य बालकृष्णविरुद्ध भारतमा औषधि ऐन उल्लंघनको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ।

केरलाको औषधि नियन्त्रण विभागले औषधि ऐन, १९५४ अन्तर्गत कानूनी प्रावधान उल्लंघन गरेको आरोपमा उनीहरूविरुद्ध यो कदम चालेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले रामदेवलाई सुनुवाइको लागि उपस्थित हुन भने पनि उनले समयमै उपस्थिति जनाएनन्। यसै कारण अदालतले पक्राउ पुर्जी जारी गर्न निर्देशन दिएको हो।

पतञ्जली योग पीठको नाममा उत्पादन गरिएका केही औषधिहरू कानूनी मापदण्ड विपरीत रहेको भन्दै औषधि नियन्त्रण विभागले छानबिन अघि बढाएको थियो।

दुवै योग गुरुमाथि औषधि ऐन उल्लंघन गर्दै गलत सूचनाका आधारमा उत्पादन र प्रचार गरेको आरोप लगाइएको छ।

ताजा समाचार

spot_img

थप समाचार