Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

सर्वोच्च अदालतको आदेश कार्यान्वयनको...

काठमाडौँ,२४ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो)ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश...

आचारसंहिता उल्लङ्घन आरोपमा सुर्खेतमा...

‎‎सुर्खेत,२४ माघ । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’...

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...
spot_img

अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्प

spot_img

काठमाडौं,०७ माघ । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्ने भएका छन्। दोस्रो कार्यकालका लागि ट्रम्पले नेपाली समय अनुसार आज राति अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिन लागेका हुन्।

अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण भएपछि ट्रम्पले कार्यभार सम्हाल्ने छन्। शपथ ग्रहणपश्चात उनले आज सैनिक कवाज र परेड अवलोकन गर्ने छन्।

सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरू वासिङ्टन पुगेका छन्। कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पदभार ग्रहण गरेसँगै ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने, अध्यादेश ल्याउने तयारी गरेका छन्। ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित विषयलाई कार्यादेशमा समेट्नेछन्।

यस अगाडि सन् २०१७ मा पनि ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय