Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०७ माघ । चितवनमा एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा कार्यरत असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले उक्त जानकारी दिएका छन्।

घटना पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बा नजिकैको बाइपास रोडमा भएको थियो। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। यस घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासनले तत्काल अनुसन्धान सुरु गरेको थियो। डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन गरिएको हो।

प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

यस्तै विज्ञप्तिमा पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन जाँचबुझ गर्नका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरेको पनि उल्लेख छ । ‘घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको ब्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

ताजा समाचार

थप समाचार