शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

साहारा चितवन सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ माघ । चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान प्रहरीले टुंग्याएको छ ।

७ मंसिरबाट चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले अनुसन्धान प्रतिवेदन गत शुक्रबार बुझाएको बताए । ‘हामीले अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएका छौं । अब बाँकी काम त्यताबाटै हुन्छ’ एसपी मिश्रले भने ।
उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

यसअघि पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । त्यतिबेला १७ जनालाई प्रतिवादी बनाइएको थियो । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ ।

ताजा समाचार

spot_img

थप समाचार