शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

खानेपानी संस्थानद्धारा बीरगन्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ माघ । संघीय खानेपानी मन्त्रालय अन्तरगत रहेको नेपाल खानेपानी संस्थानले पर्सा जिल्लाको खानेपानी संस्थानद्धारा बीरगन्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु

नेपाल खानेपानी संस्थान (एनडब्लूएससी) शाखा कार्यालय बीरगन्जले बीरगन्ज महानगरालिका–१६, नगवामा ४५० क्युमेक क्षमताको ओभरहेड ट्याङ्की निर्माणका लागि आज बोलपत्र आह्वान सहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्री प्रदीप यादवको स्वकीय सचिवालयले जनाएको छ ।

संस्थानले रु तीन करोड ४६ लाखको ओभरहेड ट्याङ्की निर्माणका लागि बोलपत्र आह्वान सहितको प्रक्रिया आज सुरु गरिएको नेपाल खानेपानी संस्थान कलैया शाखाका प्रमुख संजिवकुमार यादवले बताए ।उक्त क्षेत्रमा ट्याङ्की निर्माण भए त्यहाँका नागरिकलाई शुद्ध अनि स्वच्छ पानी वितरणका निकै सहज हुने नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक त्रिदीपकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त क्षेत्रमा पानीको समस्या भएको व्यापक जन गुनासो आएपछि खानेपानीमन्त्री प्रदीप यादवले केही महिना पहिले स्थालगत अनुगमन तथा निरीक्षण गर्नु भई ओभरहेड ट्याङ्की निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउन पहल गर्नु भएको थियो । उक्त आयोजनाले खानेपानी सेवाको गुणस्तर वृद्धि गर्दै बीरगन्ज क्षेत्रको खानेपानी आपूर्तिमा सुधार ल्याउने तथा स्थानीयवासीको दीर्घकालीन पानीको माग पूरा गर्ने लक्ष्य राखेको मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको दिगो विकास लक्ष्य र खानेपानी सेवामा सुधारका प्रयासहरुको हिस्साका रुपमा आएको यो परियोजनाले क्षेत्रीय खानेपानी सङ्कट समाधान गर्दै स्थानीयवासीहरुको जीवनस्तर उकास्न मद्दत पुर्‍याउने छ ।” वीरगञ्ज क्षेत्र, जसले देशको प्रमुख आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको तथा पानी आपूर्तिको क्षेत्रमा निकै चुनौतीको सामना गरिरहेकाले यस परियोजनाको कार्यान्वयनले स्थानीयवासीको मागलाई सम्बोधन गर्दै सामाजिक र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको संस्थानले जनाएको छ ।

नयाँ ओभरहेड ट्याङ्की निर्माणले खानेपानीको भण्डारण र वितरणलाई व्यवस्थित बनाउँदै समग्र सेवाको गुणस्तरमा सुधार ल्याउने तथा यो महत्वाकाङ्क्षी आयोजना सुरु हुन लाग्नु अत्यन्तै खुशीको विषय भएको मन्त्री यादवको भनाई छ । उक्त आधुनिक ओभरहेड ट्याङ्कीको निर्माणले खानेपानीको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्न सहयोग गर्ने बताइएको छ । मन्त्री यादवकै पहलमा केही दिन पहिले ललितपुर जिल्लाको भैसेपाटी स्थित संघीय सरकारका मन्त्री एवम् प्रदेशका मुख्यमन्त्रीहरुका आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको थियो ।

संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका बिभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि वोलपत्र सहितको प्रक्रिया सुरु गरेको हो । यस अघि मन्त्री निवास भैसेपाटी लगायतका ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन ।मा ४५० क्युमेक क्षमताको ओभरहेड ट्याङ्की निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।

ताजा समाचार

spot_img

थप समाचार