बीरगन्ज,०७ माघ । बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का पूर्व सचिव आस महमद अन्सारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको हो। अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले गुदरी बजार र मिना बजारका सटर उपभोक्तालाई भाडामा दिने क्रममा पारदर्शी प्रक्रिया नअपनाएको पाइएको छ।
यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४÷६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।