शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

बैंकको ऋण नतिर्न उक्साउने गतिविधिले अर्थतन्त्रमा नकारात्मक प्रभाव परे : गभर्नर अधिकारी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि बैंकिङ क्षेत्रमा देखिएका अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही सुस्तता आएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवमा सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकको ऋण नतिर्न उक्साउने गतिविधिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको स्पष्ट पारे।

गभर्नर अधिकारीका अनुसार, बाढी र पहिरो जस्ता प्राकृतिक विपद्ले ठूलो प्रभाव पारे पनि राष्ट्र बैंकको बाह्य क्षेत्र सबल रहेको छ। बैंकिङ प्रणालीमा तरलता सन्तोषजनक छ, र बैंकहरू पर्याप्त पुँजीकरण भएको अवस्थामा छन्।

गभर्नरले बैंकिङ प्रणालीमा देखिएका अराजकताका घटनाले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई असर पुर्‍याउन सक्ने चेतावनी दिए। तर, यस्ता गतिविधि दीर्घकालसम्म नटिक्ने बताउँदै उनले बैंकिङ प्रणालीलाई सबल बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

गभर्नर अधिकारीले स्वस्थ बैंकिङ प्रणाली र समुचित वित्तीय व्यवहारले मात्र अर्थतन्त्रलाई दिगो विकासको मार्गमा अघि बढाउन सक्ने उल्लेख गर्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

ताजा समाचार

spot_img

थप समाचार