Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

बारामा एचपिभि खोप अभियान सुरू गर्दै

spot_img

बारा,१५ माघ । बारामा माघ २३ गतेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप अभियान सुरु हुने भएको छ। “खोप निशुल्क पाईन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ” भन्ने नाराका साथ स्वास्थ्य कार्यालय बाराले यो अभियान सुरु गरेको हो।

अभियानको प्रथम चरणमा माघ २३ देखि २५ गतेसम्म बाराका आठ स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ। यी स्थानहरूमा जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, परवानिपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिका रहेका छन्।

दोस्रो चरणमा फाल्गुन ४ देखि ६ गतेसम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका, र करैयामाई गाउँपालिकामा खोप लगाइनेछ।

यो अभियान विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीहरूलाई लक्षित गरिएको छ।

स्वास्थ्य कार्यालय बाराका अनुसार एचपिभि खोप पूर्ण रूपमा सुरक्षित रहेको र यसले किशोरीहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। पाठेघरको मुखको क्यान्सरबाट बचाउन यो खोप प्रभावकारी उपाय भएकोले अभिभावकहरूले आफ्ना बालिकालाई खोप लगाउन प्रेरित गर्नुपर्ने बताइएको छ।

स्वास्थ्य तथा सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यो खोप अभियान सफल बनाउन स्थानीय सरकार, विद्यालय, र स्वास्थ्यकर्मीहरूको सहकार्यमा सञ्चालन भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय