Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ: एकीकृत समाजवादी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ माघ । नेकपा एकीकृत समाजवादीले वर्तमान सत्तागठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको दाबी गरेको छ। अन्तरपार्टी निर्देशन (अपानि) ४० जारी गर्दै एकीकृत समाजवादीले सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ भएको दोहोर्‍याएको छ। अपानिमा भनिएको छ, ‘अहिलेको सत्ता गठबन्धन केवल अराजनीतिक साँठगाँठ हो भन्ने हाम्रो विश्लेषण झनपछि झन पुष्टि हुँदै गएको छ। त्यसका अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ।’

सरकार देश र जनताको हित प्रतिकूल अगाडि बढिरहेको पनि उसको दाबी छ। उदाहरणको रुपमा सरकारले जारी गरेका अध्यादेशहरूलाई देखाइएको छ। ‘वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न सकेको छैन। यो सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढ्दैछ। संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ’ अपानिमा उल्लेख छ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि एकीकृत समाजवादीको बुझाइ छ। अगाडि भनिएको छ, ‘यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ।’ सरकारले व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने गरी अध्यादेश ल्याएको भनेर पनि विरोध गरिएको छ। ‘देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ। यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमिन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ’ अपानिमा भनिएको छ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको टिप्पणी पनि छ। सरकारका समग्र गतिविधिले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको उल्लेख गरिएको छ। सरकारको कामको विरुद्ध प्रतिपक्षी दलहरू एक रहेको भनिएको छ। ‘हाम्रो समेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपर्युक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत साझा धारणा सार्वजनिक गरेका छन्।’ यही ४ माघमा नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बसेको विपक्षी दलहरूले संसद्मा विभिन्न विषयमा सहकार्य गर्ने गरी संयुक्त वक्तव्य जारी गरेका थिए।

ताजा समाचार

थप समाचार