शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

त्रिदेशीय महिला टी–२० : नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ,१७ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । नेपालकी सीता राना मगरले सबैभन्दा धेरै ४५ बलमा २८ रन बनाइन् । यस्तै कविता जोशीले २७, पूजा महतोले २४ रन बनाइन् । नेदरल्यान्ड्सकी करोलिन डी लाङ्गे र इभा ल्यान्चले २÷२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनायो । नेदरल्यान्ड्सकी रोबिन रिज्केले ५९, आइरिस ज्विलिङ्गले ३१ रन बनाए । दुवै जना नटआउट रहे । नेपालकी कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले १÷१ विकेट लिए ।

यो खेलमा एलिसाकुमारी यादव र मनिषा उपाध्यायले नेपाली महिला राष्ट्रिय टोलीबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।

प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्यान्ड, पर्सि नेपाल र थाइल्यान्ड, माघ २० गते नेदरल्यान्ड्स र नेपाल, माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपालबीच खेल हुनेछ ।

यस्तै माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड तथा माघ २५ गते नेपाल र थाइल्यान्ड खेल्नेछन् । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

ताजा समाचार

spot_img

थप समाचार