Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

वीरगन्जको नारायणी अस्पतालमा ५०० शैयाको भवन निर्माणको माग गर्दै धर्ना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १८ माघ । वीरगन्जस्थित नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिले अस्पताललाई ५०० शैयाको सुविधा सम्पन्न बनाउन दबाब दिन आज बिहान ११ बजे शान्तिपूर्ण धर्ना कार्यक्रम तय गरेको छ ।

संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहका अनुसार भवन निर्माणका लागि टेण्डर प्रक्रिया सम्पन्न भए पनि लामो समयदेखि काम सुरु नभएकाले धर्ना बस्न बाध्य हुनुपरेको हो। उनले भने, “नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा ५०० शैयाको भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको छ तर वीरगन्जको नारायणी अस्पतालमा काम सुरु नै भएको छैन ।”

नारायणी अस्पतालको परिसरभित्र नविन भवन निर्माणको मागलाई सम्बोधन गर्न समितिले जिल्ला प्रशासन कार्यालय पर्सालाई अनुमति अनुरोध पत्र पनि बुझाएको छ। सिंहले धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने सुनिश्चितता जनाएका छन् ।

समितिले लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालको संरचना निर्माण हुन नसकेको भन्दै तत्काल निर्माण कार्य अघि बढाउन सरकारलाई दबाब दिन निरन्तर आवाज उठाइरहने बताएको छ ।

ताजा समाचार

थप समाचार