Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

विश्रामपुरमा श्री शिव शक्ति कोटी होम महायज्ञ हुँदै

spot_img

वीरगन्ज,१८ माघ । नयाँ र युवा पुस्तालाई सनातन हिन्दु धर्मको महत्त्व, विशेषता र महानताको विषयमा जानकारी गराउनुका साथै नेपालसँगै विश्वमा शान्ति र समृद्धि स्थापना गर्ने उद्देश्यका साथ वीरगन्जमा आगामी माघ २३ गतेदेखि श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ-२०८१ श्री शिव शक्ति कोटी होम महायज्ञ आयोजन हुन लागेको छ ।

शुक्रवार महायज्ञ मूल मूल समितिले पत्रकार सम्मेलन आयोजना गरेर वीरगन्ज महानगरपालिकास्थित नेशनल मेडिकल कलेजसँगै जोडिएको बारा जिल्लाको विश्रामपुर गाउँपालिका – ५ इटीयाहीमा झन्डै १५ वर्ष पश्चात् आगामी माघ २३ गतेदेखि फागुन १८ गतेसम्मका लागि एक महिने श्री शिव शक्ति कोटी होम महायज्ञको आयोजना हुन लागेको जानकारी दिएको हो ।

महायज्ञका विभिन्न पक्षबारे जानकारी गराउँदै मूल समितिका सह-सचिव दीपेन्द्र प्रसाद सर्राफले मधेस प्रदेशमै पहिलो पटक यति ठूलो महायज्ञ हुन लागेको बताए । उनका अनुसार, महायज्ञ सञ्चालनका लागि अनुमानित लागत १ करोड ३० लाख रुपैयाँ लाग्ने भएका छ ।

महायज्ञ “श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१” अन्तर्गत सञ्चालन हुनेछ, जसमा जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा र आम भक्तजनहरूको सहकार्य आवश्यक रहेको बताइएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष सुमित यादवले मेलाका विविध पक्षबारे जानकारी गराउँदै महायज्ञ स्थलमा १,०११ वटा मूर्तिहरू निर्माण गरिने जानकारी गराए ।

महायज्ञ माघ २३ गते मङ्गलवारदेखि विधिवत् रूपमा प्रारम्भ हुनेछ र एक महिनासम्म सञ्चालन गरिने अध्यक्ष यादवले बताए । मेलामा बालबालिका तथा श्रद्धालुहरूका लागि मनोरञ्जनात्मक कार्यक्रमहरू जस्तै टावर झुला, मौतका कुवा, सर्कस, नाव झुला, डान्सिङ झुलालगायतका व्यवस्था गरिनेछ। साथै, वृन्दावनबाट आएका कलाकारहरूको प्रस्तुति सहित रामलीला, रासलीला जस्ता धार्मिक कार्यक्रमहरू समेत आयोजना गरिने उनले बताए ।

त्यत्सै महायज्ञका लागि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै ९ ओटा सिसिटिभी क्यामेरा जडान गरिनेछ भने २०० भन्दा बढी स्वयंसेवक परिचालित गरिने समितिका सह-सचिव सर्राफले जानकारी दिए ।

आयोजक समितिले महायज्ञको सफलताका लागि सबै भक्तजन, समाजसेवी तथा स्थानीय बासिन्दालाई सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनको समाप्तिमा, कार्यक्रममा सहभागी सम्पूर्ण सञ्चारकर्मीहरूलाई सम्मान स्वरूप गम्छा ओढाइ सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रचार-प्रसार समितिका संयोजक राज सर्राफले गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय