Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

१५औं महाधिवेशन ८४ को चुनावअघि गर्नैपर्छ : महामन्त्री थापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री कांग्रेसको अधिवेशन १५औं महाधिवेशन २०८४ को चुनाव अगावै हुने बताएका छन् ।

शनिबार एक कार्यक्रमलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने बताए ।

संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्ने उनले बताए । ‘२०८४ को स्थानीय चुनाव,आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरिकन पाइँदैपाइँदैन । त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ,’ उनले भने, ‘अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ ।’

महामन्त्री थापाले महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिए । समयमै गर्ने गरी आफूहरूले मिहिनेत गरिरहेको उनको भनाइ छ ।

केही नेताहरुको भनाइले अधिवेशन पछि जान्छ कि भन्ने लागेको भए पनि त्यसमा कन्फ्युज नहुन कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । उक्त मितिले २०८३ भित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, केही साना दलसँग एकता गरेर अधिवेशन लम्ब्याउन सक्ने भन्दै कांग्रेस नेताहरू शशंकित छन् ।

पार्टी एकता गरेर पनि अधिवेशन पछि सार्न नमिल्ने महामन्त्री थापा बताउँछन् । उनले कांग्रेसलाई विगठन गरेर दुई पार्टीको एकता गरेमात्रै सम्भव हुने भन्दै त्यस्तो कुरा असम्भव भएको बताए ।

कांग्रेस संस्थापक नेता डा.शेखर कोइरालाले पनि आगामी महाधिवेशन २०८२ मै गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

ताजा समाचार

थप समाचार