वीरगन्ज,१९ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा आयाेजित तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्टकाे उपाधि जनकपुरले उचालेकाे छ ।
ठाकुरराम बहुमुखी क्याम्पसकाे शिक्षा संकायकाे खेलमैदानमा शनिबार भएकाे फाइनल खेलमा बागमतीलाइ ५ विकेटले हराउदै जनकपुरले उपाधि उचालेको हाे ।
बागमतीले दिएकाे १०७ रनको लक्ष्य जनकपुरले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै उपाधि जितेकाे हाे।जनकपुरका लागि केशव श्रीवास्तवले सर्वाधिक ४२ र दिपु गुप्ताले ३४ रन बनाए।
बलिङतर्फ बागमतीका लागि राहुलकुमार र माैसम गुप्ताले समान दुई दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेकाे बागमतीले १९.१ ओभरमा अलआउट हुँदै १०६ रन बनाएकाे थियाे।उसका लागि सन्देश गुप्ता र माैसम गुप्ताले समान ३०/३० रन बनाए।बलिङतर्फ जनकपुरका लागि केशव श्रीवास्तवले ३ तथा अकबर अन्सारी र अनुराग सर्राफले समान २/२ विकेट लिए।
फाइनल खेलकाे म्यान अफ दी म्याच जनकपुरका केशव श्रीवास्तव घाेषित भए ।
प्रतियोगिताको म्यान अफ दी सिरिज बागमतीका राेशन कानु, उत्कृष्ट ब्याटर लुम्बिनीका सुमित गुप्ता,उत्कृष्ट बलर जनकपुरका आयुष सिंह र उत्कृष्ट फिल्डर जनकपुरका राेहित कुमार घाेषित भए ।
प्रतियोगिताको समापन समाराेहमा वडाध्यक्ष सुशील कुमार कानुले उपाधि विजेता टिम जनकपुरलाई ट्रफी र नगद २५ हजार रुपैयाँ र उपविजेता टिम बागमतीलाई ट्रफी र नगद १५ हजार रुपैयाँ प्रदान गरे।
वडाध्यक्ष कानुकै अध्यक्षतामा भएको प्रतियाेगिताकाे समापन कार्यक्रममा वडा सदस्यहरु संतोष जैशी चौलागाईं , प्रभु महतो,वडा सचिव पवन प्रधान, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कुमार कानु , छठ पुजा ब्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु , समाज सेवि प्रभाकर गुप्ता लगायतकोपनि उपस्थिति रहेको थियो ।