शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२०माघ । काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० क्रिकेट शृंखलामा नेपलले लगातार तेस्रो हार भोगेको छ ।त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५ रनले पराजित गरेको हो । १ सय ४१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ८ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् ।सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।बलिङ्तर्फ नेपालका लागि सीता राना मगरले ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिइन् ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि थाइल्यान्डसँग ४ विकेटले हार्न पुगेको थियो । नेदरल्यान्ड्सको ३ खेलमा यो दोस्रो जित हो ।सहभागी टोलीले एकअर्कासँग तीन खेल खेल्ने तालिका छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ । थाइल्यान्ड पहिलो दुई खेलमै विजयी रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार