शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगंजको मसाज सेन्टरमा पर्दा पछाडि यौन धन्दा, धन्दामा सानादेखि ठूला होटल व्यवसायीहरू संलग्न

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, २२ माघ – वीरगंज महानगरपालिकाका गल्ली–गल्लीमा मसाज सेन्टरको आडमा यौन धन्दा तथा वेश्यावृत्ति मौलाएको छ। पर्सा जिल्लाको स्थानीय प्रहरी प्रशासनकै मिलोमतोमा मधेश आन्दोलनताका बन्द रहेको वेश्यावृत्ति पुनः सुरु भएपछि पर्साका समाजसेवी तथा संस्कृतिविद् चिन्तित बनेका छन्। खुलेआम यौनजन्य क्रियाकलाप गर्न छुट दिएबापत मसाज सेन्टरका सञ्चालकहरूले स्थानीय प्रहरी प्रशासनलाई मासिक रूपमा आर्थिक नजराना दिने गरेको स्रोतको दाबी छ।

वीरगंजको मुख्य बजारदेखि नेपालका मुख्य प्रवेशद्वार शंकराचार्य गेटसम्म मसाज सेन्टरका बोर्डहरू झुन्ड्याएर व्यवसायीहरूले प्रचारप्रसार थालेपछि वीरगंजको साख मात्र घटेको छैन, यसको परिचयलाई समेत धमिल्याउने प्रयास भएको संस्कृतिविद्को राय छ।

व्यावसायिक रूपमा मसाज सेन्टर खोल्ने बहानामा होटल व्यवसायीहरूदेखि साना होटल तथा खाजाघरका सञ्चालकहरूले समेत ‘ह्यापी एन्डिङ’ को नाममा संगठित रूपमा वीरगंजमा यौन धन्दा सञ्चालन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखको रूपमा कुमोद ढुंगेल आएदेखि वीरगंजमा मसाज सेन्टरका नाममा यौन धन्दा फस्टाएको वीरगंजवासीहरूको बुझाइ छ। ढुंगेलको सरुवा भए पनि खुलेका मसाज पार्लरहरूले अहिले पनि वेश्यावृत्ति गराइरहेका छन्।

सबैभन्दा बढी वीरगंजको लिङ्ग रोड, बसपार्क, आदर्श नगर क्षेत्र, रजत जयन्ती चौक क्षेत्र तथा मर्ली चौकजस्ता ठाउँहरूमा मसाज सेन्टर, स्पा तथा मसाज पार्लरहरू सञ्चालनमा छन्। स्थानीयहरूसँग सोध्दा पनि यस्ता अनैतिक गतिविधिहरू भइरहेका छन् भन्ने जानकारी पाइन्छ।

प्रहरी प्रशासनलाई वीरगंज बजारमा भइरहेका यस्ता उच्छृंखल गतिविधि, यौनजन्य क्रियाकलाप तथा वेश्यावृत्तिका बारेमा जानकारी भए पनि हालसम्म आर्थिक चलखेलकै कारण न त नियन्त्रण गर्ने प्रयास गरिएको छ, न त अनुगमन नै।

अहिले वीरगंजका मसाज सेन्टरहरूमा १ हजारदेखि १२ हजार रुपैयाँसम्मको ‘बडी मसाज’ र ‘ह्यापी एन्डिङ’ को सुविधा दिइन्छ। यस्ता मसाज पार्लरका सञ्चालकहरूले गरिब तथा आर्थिक रूपमा कमजोर बालिका तथा महिलाहरूलाई राम्रो परिश्रमिकको लोभ देखाएर यौन धन्दामा लगाउने गरेका छन्। सञ्चालकहरूले मोटो रकम कमाए पनि गरिब परिवारका छोरीहरू यौन धन्दामा धकेलिन बाध्य छन्।

त्यति मात्र होइन, ‘ह्यापी एन्डिङ’ को नाममा मसाज पार्लरभित्र हस्तमैथुन, मुखमैथुन, अप्राकृतिक यौन सम्पर्क तथा असुरक्षित यौन सम्पर्क गराइन्छ। जसका कारण ग्राहकदेखि त्यहाँ कार्यरत युवायुवतीसम्म एचआईभी, एड्स तथा यौनजन्य रोगहरूको जोखिममा परेका छन्।

संस्कृतिविद्का अनुसार वीरगंज–रक्सौल मितेरी पुलदेखि नै मसाज सेन्टरहरूको प्रचारप्रसार हुने गरेको छ। बजारभरि झुन्ड्याइएका मसाज र स्पा पार्लरका होर्डिङ बोर्डहरूले वीरगंज कतै ‘मसाज सेन्टरको शहर’ त बन्दै छैन भन्ने चिन्ता उत्पन्न भएको छ।

नव नियुक्त पर्सा प्रहरी उपरीक्षक गौतम मिश्राले कानुनले बर्जित कुनै पनि क्रियाकलाप तथा गतिविधिहरू पर्सामा हुन नदिने बताएका छन्। मिश्राले आएलगत्तै रजत जयन्ती चौकमा सञ्चालित एक होटलमा छापा मारेर यौनजन्य क्रियाकलापमा संलग्न महिलाहरू तथा पुरुषहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ।

तर, स्थानीय बासिन्दाको गुनासो छ कि यो प्रयास मात्र पर्याप्त छैन। प्रहरी उपरीक्षक मिश्राले मसाज पार्लरहरूको पर्दा पछाडि भइरहेका गैरकानुनी गतिविधिहरूको गुनासो आएको भन्दै चाँडै यस्ता कार्यहरू बन्द गराइने आश्वासन दिएका छन्। उनले वीरगंजवासीलाई ढुक्क हुन आग्रह गर्दै केही दिनमै यस्ता क्रियाकलापहरू रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यता, पर्साका होटल व्यवसायी संघका अध्यक्ष हरी पन्तले सबै मसाज सेन्टरहरू एउटै किसिमका नभए पनि केही स्थानमा यौनजन्य गतिविधि भइरहेको गुनासो आएको बताए। उनले यौन धन्दा भइरहेको शंका लागेका मसाज पार्लरहरूको अनुगमन गर्नुपर्नेमा जोड दिँदै कानुन उल्लंघन गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए। साथै, दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनले तत्परता देखाए होटल व्यवसायी संघले पनि पूर्ण सहयोग गर्ने आश्वासन दिए।

ताजा समाचार

spot_img

थप समाचार