शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

सात दिन भित्र आदालतमा उपस्थित हुन प्रभु साहलाई आदेस

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट, २१ माघ । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद तथा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह विरुद्ध अदालत अवहेलनाको मुद्दामा जिल्ला अदालत गौरले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले आइतबार यो आदेश दिएको हो। सांसद साहले सामाजिक सञ्जाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर टिप्पणी गरेपछि विवाद उत्पन्न भएको थियो। यसलाई अदालतप्रति अपमानजनक ठहर गर्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए, जसको दर्ता नम्बर सि ३ रहेको छ ।

नगरप्रमुख यादवले आजपा महासचिव त्रिभुवन साहविरुद्ध पनि अदालत परिसरमै आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। यसअघि, गंगाराम बैठामाथि कुटपिट, अभद्र व्यवहार तथा गालीगलौजको आरोपमा अदालतले थुनामा राख्न आदेश दिएको थियो ।

सोही विषयमा त्रिभुवन साहको संलग्नता रहेको भन्दै यादवले मुद्दा दर्ता गराएका हुन्। बौधीमाई नगरपालिकाका कानुनी सल्लाहकार तथा नेपाल बार एसोसिएसन, रौतहटका पूर्व अध्यक्ष राजाराम यादवका अनुसार, अदालत अवहेलनामा दोषी ठहरिए आर्थिक जरिवाना, जेल सजाय वा क्षमादान हुन सक्ने कानुनी व्यवस्था छ। यस आदेशसंगै नगरप्रमुख यादवलाई लिएर सुरक्षा थ्रेट बढेको उनका समर्थकहरुले बताएका छन । आदेश आउन साथ नगरप्रमुख यादवले नेपाल वार एसोसिएसन राैतहटको प्राङ्गनमा पत्रकार सम्मेलन गरी जनताको लागि तथा
बाैधीमाई नगरपालिकाको विकासका लागि जस्तोसुकै चुनाैतिको सामना गर्न आफु तयार रहेको बताए ।

आदालतको आदेसमा आजपा अध्यक्ष र महासचिव साहद्वयलाई बाटोको म्याद बाहेक लिखित जवाफ सहितको कारण आदेश जारी भएसंगै सम्मानित आदालत तथा माननिय न्यायाधीश प्रति नगर प्रमुख यादवले आभार व्यक्त गरेका छन ।

On S

ताजा समाचार

spot_img

थप समाचार