काठमाडाैं, माघ २२ । चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । अमेरिकाले कर लगाएपछि बदलामा चीनले पनि १० प्रतिशत कर लगाएको हो ।
यसले अमेरिकाबाट चीन आउने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ ।
अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध लगाइएको २५-२५ प्रतिशत कर ३० दिनको लागि स्थगित गरेको छ ।
क्यानडा र मेक्सिकोले सीमाको सुरक्षामा सुधार गर्न र लागू औषध तस्करीविरुद्ध कडा कदम चाल्ने वाचा गरेपछि अमेरिकाले यो निर्णय लिएको हो।
क्यानाडा र मेक्सिको अमेरिकासँग सबैभन्दा धेरै व्यापार गर्ने देशहरू हुन् । ट्रम्पले शुल्क लगाउने घोषणा गरेपछि दुवै देशले जवाफी कारबाही गर्ने बताएका थिए ।
तर, चीनको भने कायमै छ ।