शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरणमा सहकार्य गर्न आयोगको आग्रह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ माघ । भूमिसमस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पर्सा जिल्लामा सबैभन्दा बढी दलित समुदाय भूमिहीन र सुकुम्बासी रहेको बताएका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालयमा दलित समुदायका अगुवा र अधिकारकर्मीहरूसँग आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भूमिहीन दलितलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको बताए।

अध्यक्ष अहमदले विगतमा १८ वटा आयोग गठन भए पनि समस्याको समाधान हुन नसकेको भन्दै यो आयोग अन्तिम आयोग बन्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे। तीन वर्षे कार्यकालमै देशभरका भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधान गर्ने उद्देश्य राखिएको उनले बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जग्गा वितरण प्रक्रियामा कुनै दबाब र प्रभाव नपर्न दिने प्रतिबद्धता जनाए। “पर्सामा निष्पक्ष ढंगले काम गरिनेछ,” उनले भने।

पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले जग्गा वितरण प्रक्रियालाई सहज बनाउन सुझाव दिए। उनले यसअघिको आयोगले लक्षित समुदायको लगत संकलन गर्दा छुटेका व्यक्तिहरूलाई पनि समेट्न आग्रह गरे।

नापी कार्यालय पर्साका प्रमुख राकेश झाले लक्षित समूह, जग्गा वितरणको मापदण्ड र प्रक्रिया सम्बन्धी जानकारी गराएका थिए।

अध्यक्ष अहमदले दलित अगुवाहरूसँग समन्वय गर्दै भूमिहीन र सुकुम्बासीको समस्या समाधानमा आयोगलाई साथ दिन आग्रह गरे। कार्यक्रममा दलित अगुवा, अधिकारकर्मी, सञ्चारकर्मी तथा स्थानीयहरूको उपस्थिति थियो।

ताजा समाचार

spot_img

थप समाचार