शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

नारायणी अस्पतालका डाक्टर र नर्सहरुको आन्दोलनलाई नेविसंघको पनि समर्थन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ माघ । नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि डाक्टर, नर्स, र स्वास्थ्यकर्मीहरूले सुरु गरेको आन्दोलनले चौतर्फी समर्थन पाउँदै आएको छ। मंगलबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समर्थन गरेको छ।

नेविसंघका पर्सा सभापति रमेश यादवका अनुसार संगठनका नेताहरूले अस्पताल परिसरमा पुगेर भवन निर्माण संघर्ष समितिका संयोजक डा. नीरज सिंहलाई ऐक्यबद्धता पत्र हस्तान्तरण गरेका थिए। पाँच वर्षअघि मन्त्रिपरिषद्को निर्णयबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गरी ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो। तर शहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनीबीचको विवाद अदालतमा पुगेपछि भवन निर्माण कार्य अन्योलमा परेको छ।

सोही विवादका सम्बन्धमा सर्वोच्च अदालतमा माघ २८ गते पेशी तय भएको छ। अदालतले छिटो छिनोफानो गरी भवन निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै चिकित्सक, नर्स र कर्मचारीहरूले गत शुक्रबार त्रिभुवन राजपथमा एप्रोनसहित सडक धर्ना दिएका थिए।

सो अवसरमा कांग्रेस पर्साका सदस्य रामनिवास यादव, नेविसंघ केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने, युवा नेता मनिष यादव, उपाध्यक्ष बर्कत अली, सचिव पवन पटेललगायतको उपस्थिति थियो। नेविसंघले आन्दोलनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारसँग तत्काल भवन निर्माण प्रक्रिया सुरु गर्न माग गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार