Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

नारायणी अस्पतालका डाक्टर र नर्सहरुको आन्दोलनलाई नेविसंघको पनि समर्थन

spot_img

बीरगन्ज,२२ माघ । नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि डाक्टर, नर्स, र स्वास्थ्यकर्मीहरूले सुरु गरेको आन्दोलनले चौतर्फी समर्थन पाउँदै आएको छ। मंगलबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समर्थन गरेको छ।

नेविसंघका पर्सा सभापति रमेश यादवका अनुसार संगठनका नेताहरूले अस्पताल परिसरमा पुगेर भवन निर्माण संघर्ष समितिका संयोजक डा. नीरज सिंहलाई ऐक्यबद्धता पत्र हस्तान्तरण गरेका थिए। पाँच वर्षअघि मन्त्रिपरिषद्को निर्णयबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गरी ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो। तर शहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनीबीचको विवाद अदालतमा पुगेपछि भवन निर्माण कार्य अन्योलमा परेको छ।

सोही विवादका सम्बन्धमा सर्वोच्च अदालतमा माघ २८ गते पेशी तय भएको छ। अदालतले छिटो छिनोफानो गरी भवन निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै चिकित्सक, नर्स र कर्मचारीहरूले गत शुक्रबार त्रिभुवन राजपथमा एप्रोनसहित सडक धर्ना दिएका थिए।

सो अवसरमा कांग्रेस पर्साका सदस्य रामनिवास यादव, नेविसंघ केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने, युवा नेता मनिष यादव, उपाध्यक्ष बर्कत अली, सचिव पवन पटेललगायतको उपस्थिति थियो। नेविसंघले आन्दोलनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारसँग तत्काल भवन निर्माण प्रक्रिया सुरु गर्न माग गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय