काठमाडौं, २२ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी फेब्रुअरी २२ देखि दुई दिने अमेरिका भ्रमणमा जाने तयारीमा छन्। इकोनोमिक टाइम्सका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिङ्टन डीसीमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।
मोदीले आफ्नो पेरिस भ्रमण समाप्त गरेपछि अमेरिका जाने योजना बनाएका हुन्। यो भ्रमण राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको मोदीको पहिलो अमेरिका यात्रा हुनेछ।
हालै २७ जनवरीमा मोदी र ट्रम्पबीच टेलिफोन संवाद भएको थियो, जसमा दुबै नेताले अमेरिका-भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्षेत्रमा सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
रिपोर्टअनुसार भारत अमेरिकी उत्पादनहरूमा लगाइएको उच्च शुल्कका विषयमा लचकता चाहन्छ, जुन विगतमा ट्रम्पले कडा रूपमा आलोचना गरेका थिए। मोदी र ट्रम्पबीचको मैत्रीपूर्ण सम्बन्धले यस विषयमा सकारात्मक संवादको सम्भावना बढाएको छ ।