शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल टेलिकमको इ-सिम र भोवाईफाई सेवा अब डिजिटल माध्यमबाट उपलब्ध

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर इ-सिम र भोवाईफाई सेवा सुरु गरेको छ। अब ग्राहकहरूले इ-सिम सेवा लिनका लागि काउन्टरमा जानुपर्ने झन्झट बेहोर्नु पर्ने छैन। टेलिकमका अनुसार इ-सिम अब नेपाल टेलिकमको मोबाइल एप वा वेबसाइटमार्फत सहजै प्राप्त गर्न सकिनेछ।

टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीका अनुसार इ-सिम एक भर्चुअल सिम हो, जसले भौतिक सिमकार्डको आवश्यकता हटाउनेछ। यो सेवा प्रयोग गर्नका लागि इ-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक पर्नेछ।

साथै, टेलिकमले आजैबाट भोवाईफाई सेवाको व्यावसायिक सुरुवात गरेको छ। यस प्रविधिमार्फत ग्राहकहरूले देशभित्र वा बाहिर वाईफाई नेटवर्कमा जडान भएर टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस कल तथा एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् ।

 

ताजा समाचार

spot_img

थप समाचार