Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा मंगलवार वीरगंजको घण्टाघरमा दीप प्रज्वलन गरिएको छ । प्रेस चौतारी नेपाल पर्साका सचिव राकेश साहको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

- Advertisement -

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल मधेश प्रदेशका सह–संयोजक एवं नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारको हक–अधिकार तथा पेशागत क्षमता अभिवृद्धिका लागि चौतारी सदैव अगाडी बढ्ने धारणा राखे ।

उनले नेपालको विभिन्न कालखण्डमा पत्रकारहरुले खेलेको भूमिकाको चर्चा गर्दै पत्रकारको स्वतन्त्र अभिवृद्धिको लागि सरकारले विशेष कदम चाल्नु पर्ने धारणा राखे । उनले वर्तमान समयमा संचारकर्मीलाई समाचार लेखेकै भरमा विभिन्न माध्यमबाट धाकधम्की आउने गरेको र समाचार लेखेकै भरमा संचारकर्मीहरुले मुद्धा खेप्नु परेको घटनाहरुलाई नियन्त्रण गर्न सरकारसँग माग गरे ।

- Advertisement -

अध्यक्ष बन्जाराले स्थापना दिवसको शुभकामना दिदैं चौतारीमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई शुभकामना दिदै एकढिक्का भएर चौतारीलाई थप बलियो बनाउन समेत आग्रह गरे । उनले श्रमजिवी पत्रकारहरुको हकहितको लागि चौतारी सदैव नेतृत्वदावी भूमिका खेल्ने जानकारी दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, प्रेस चौतारी नेपालका उपाध्यक्ष निलम पन्त, सह–सचिव धनञ्जय मिश्रा,

प्रेस चौतारी नेपाल पर्साका सदस्य निरन्जन मिश्रा, पुष्प तिमिलसेना, आरोहण साह, नेपाल पत्रकार महासंघका सहसचिव ऐसके चौरसिया, राजन रौनियार, कविता खड्का, कन्हैया गुप्ता, शैलेश कशुवाहा, युवराज खड्का, शेख सहजाद्द, किरण सत्याल लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार